नेपाली

१६ औँ ब्रिक्स शिखर सम्मेलनप्रति चीनको अपेक्षा

criPublished: 2024-10-18 18:43:07
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनले राष्ट्राध्यक्ष सी चिनफिङ १६ औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिनुहुने घोषणा गरेको छ, यो सम्मेलनप्रति चीनको अपेक्षा के छ भन्ने प्रश्न अक्टोबर १८ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा एक पत्रकारले सोधेका छन्। उक्त प्रश्नको जवाफ दिँदै चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले भन्नुभयोः

चालू वर्ष ‘ठूलो ब्रिक्स सहयोग’ को पहिलो वर्ष हो र यो सम्मेलन ब्रिक्सको विस्तारपछि आयोजना भएको पहिलोपटक भएकोले अन्तर्राष्ट्रिय समुदायले व्यापक ध्यान दिइरहेको छ।

सम्मेलनका क्रममा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले साना तथा ठूला परिधिका नेताहरूको बैठक, ब्रिक्स प्लसका नेतागण सम्वाद लगायत गतिविधिहरूमा भाग लिनुका साथै महत्वपूर्ण भाषण पनि दिनुहुने छ। साथै वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति, ब्रिक्स व्यावहारिक सहयोग, ब्रिक्स संयन्त्रको विकास र साझा चासोका महत्त्वपूर्ण विषयहरूमा विभिन्न देशका नेताहरूसँग पनि उहाँले गहन आदानप्रदान गर्नुहुनेछ।

ठूलो ब्रिक्स सहयोगको स्थिर र दीर्घकालीन विकासलाई बढाउँदै ग्लोबल साउथको एकता र आत्मनिर्भरताको नयाँ युगको सुरुवात गर्नुका साथै संयुक्त रूपमा विश्व शान्ति र विकासलाई बढाउनको लागि चीन विभिन्न पक्षसँग काम गर्न तयार भएको पुष्टि पनि प्रवक्ता माउले गर्नुभयो।

Share this story on

Messenger Pinterest LinkedIn