नेपाली

आन्हुई प्रान्तको निरीक्षणमा राष्ट्राध्यक्ष सी चिनफिङको जोड

criPublished: 2024-10-18 17:19:55
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हालै राष्ट्राध्यक्ष सी चिनफिङले आन्हुईको निरीक्षण भ्रमण गर्नुभएको छ। सो क्रममा, राष्ट्राध्यक्ष सी चिनफिङले आन्हुईले चिनियाँ कम्युनिष्ट पार्टीको २० औं राष्ट्रिय महाधिवेशनको भावना र चिनियाँ कम्युनिष्ट पार्टीको २० औं केन्द्रीय समितिको तेस्रो पूर्ण अधिवेशनको भावनालाई पूर्ण रूपमा कार्यान्वयन गर्ने कुरामा जोड दिनुभएको छ।

नयाँ विकास अवधारणालाई पूर्ण रूपमा कार्यान्वयन गर्नु, बहुराष्ट्रिय विकास रणनीतिका फाइदाहरूलाई पूर्ण रूपमा अपनाउनु र वैज्ञानिक तथा प्राविधिक नवीनताको प्रभावशाली स्रोत, उदीयमान उद्योगहरू, सुधार तथा खुलापनको नयाँ उच्चभूमि, र आर्थिक विकासको नयाँ हरित क्षेत्रको निर्माण गर्न प्रयास जारी राख्न राष्ट्राध्यक्ष सीले पुष्टि गर्नुभयो। आन्हुईमा चिनियाँ शैलीको आधुनिकीकरणको अध्याय लेख्ने प्रयास गर्न पनि आग्रह गर्नुभयो।

अक्टोबर १७ देखि १८ सम्म राष्ट्राध्यक्ष सी चिनफिङले क्रमिक रूपमा आन्हुई प्रान्तीय आन्छीङ र हफै लगायत ऐतिहासिक र सांस्कृतिक सडकहरु तथा क्षेत्रहरु एवम् विज्ञान प्रविधि नवप्रवर्तन पार्कहरूमा गहन रुपमा निरिक्षण गर्दै अनुसन्धान गर्नुभएको छ।

अक्टोबर १८ तारिखको बिहान, राष्ट्राध्यक्ष सीले आन्हुई प्रान्तीय पार्टी समिति र प्रान्तीय सरकारको कार्य प्रतिवेदन सुन्नुभई आन्हुईका विभिन्न कामका उपलब्धिहरूलाई मान्यता दिएर अर्को चरणका लागि स्पष्ट आवश्यकताहरू अघि बढाउनुभयो।

यसबारे विस्तृत रुपमा भन्दै राष्ट्राध्यक्ष सी चिनफिङले यसरी उल्लेख गर्नुभयोः वैज्ञानिक र प्राविधिक नवप्रवर्तन र औद्योगिक रूपान्तरण तथा उन्नयनलाई गति दिन आवश्यक छ। गहन सुधार र उच्चस्तरीय खुलापनलाई बढाउन आवश्यक छ। शहरी-ग्रामीण एकीकृत विकासको नयाँ ढाँचे निर्माणमा ध्यान दिन आवश्यक छ। संस्कृति र पर्यटनको एकीकृत विकासलाई थप प्रवद्र्धन गर्ने, सबैका लागि एक पर्यटनको विकास गर्ने र सांस्कृतिक पर्यटनलाई खम्बा उद्योगको रुपमा विकास गर्न आवश्यक छ । हामीले पार्टीको नेतृत्वलाई अक्षुण्ण राख्नुपर्छ र पार्टी निर्माणलाई बलियो बनाउनुपर्छ। चौथो चौमासिकमा आर्थिक कार्यमा राम्रो काम गर्ने, पार्टी केन्द्रीय समितिले तय गरेका नीति तथा उपायहरूलाई इमानदारीपूर्वक कार्यान्वयन गर्ने र वर्षभरिको आर्थिक तथा सामाजिक विकासका लक्ष्यहरू हासिल गर्ने प्रयास गर्नु आवश्यक छ।

Share this story on

Messenger Pinterest LinkedIn