नेपाली

चिनियाँ राष्ट्रिय तथ्याङ्क ब्यूरो: सन् २०२४ को पहिलो तीन त्रैमासिकमा जीडीपी वार्षिक रूपमा ४.८% ले वृद्धि

criPublished: 2024-10-18 15:28:05
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अक्टोबर १८ तारिख बिहान चिनियाँ राज्य परिषद् सूचना कार्यालयले सन् २०२४ को पहिलो तीन त्रैमासिकमा राष्ट्रिय अर्थतन्त्रको कार्यसम्पादनको जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेको छ। राष्ट्रिय तथ्याङ्क ब्यूरोले जारी गरेको तथ्यांक र प्रारम्भिक गणनाले देखाएको छ कि पहिलो तीन त्रैमासिकमा जीडीपी ९४९७४.६ अर्ब युआन पुगेको छ, जुन स्थिर रूपमा वार्षिक ४.८ प्रतिशतले बढेको छ।

उद्योगबाट हेर्दा, कृषि, वन तथा पशुपालन उद्योगमा थपिएको मूल्य ५,७७३.३ अर्ब युआन पुगेको छ, जुन गत वर्षको तुलनामा ३.४% ले वृद्धि भएको छ। यसै गरी, खाद्य, बिजुली, वस्तु उत्पादन उद्योगमा थपिएको मूल्य ३६,१३६.२ अर्ब युआन पुगेको छ जुन गत वर्षको तुलनामा ५.४ ले वृद्धि भएको छ। यसबाहेक, बाकी उद्योगमा थपिएको मूल्य ५३,०६५.१ अर्ब युआन पुगेको छ, जुन ४.७% ले वृद्धि भएको छ।

Share this story on

Messenger Pinterest LinkedIn