नेपाली

चिनियाँ परराष्ट्र मन्त्रालय: यासुकुनीजस्ता मुद्दाहरूमा आफ्नो बोली र कर्ममा होसियार हुन जापानलाई आग्रह

criPublished: 2024-10-17 18:50:19
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अक्टोबर १७ तारिख चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले नियमित पत्रकार सम्मेलनको आयोजना गर्नुभएको छ। सो क्रममा एक पत्रकारले सोध्नुभयो: “जापानी प्रधानमन्त्री शिगेरु इसिबाले १७ तारिख यासुकुनीमा "मासाकाकी" नामक बलिदान दिनुभयो। योबारे चीनको टिप्पणी के छ? ”

माउ निङले भन्नुभयो कि,“यासुकुनी जापानी सैन्यवादको विदेशी देशहरूविरुद्धको आक्रामक युद्धको आध्यात्मिक साधन र प्रतीक हो र यसले आक्रामक युद्धको लागि गम्भीर रूपमा जिम्मेवार १४ वर्ग-ए युद्ध अपराधीहरूलाई समाहित गर्दछ। हामी जापानलाई आफ्नो आक्रामक इतिहासको सामना गर्न र प्रतिबिम्बित गर्न, यासुकुनीजस्ता ऐतिहासिक मुद्दाहरूमा आफ्नो वचन र कार्यमा सावधान रहन, सैन्यवादबाट पूर्ण रूपमा अलग हुन, शान्तिपूर्ण विकासको मार्गमा लाग्न र जनताको विश्वास जित्न आग्रह गर्दछौँ। ”

Share this story on

Messenger Pinterest LinkedIn