नेपाली

चिनियाँ परराष्ट्र मन्त्रालय: चीन भोकमरीमुक्त विश्व निर्माणका लागि सबै पक्षसँग सहकार्य गर्न इच्छुक

criPublished: 2024-10-16 18:54:49
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अक्टोबर १६ तारिख चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले नियमित पत्रकार सम्मेलनको आयोजना गर्नुभएको छ। सो क्रममा, एक पत्रकारले सोध्नुभयो कि, “आज विश्व खाद्य दिवस हो, यस वर्षको विश्व खाद्य दिवसको विश्वव्यापी कार्यक्रमको नारा "विश्वका लागि खाद्य सुरक्षा, सँगै राम्रो जीवनको निर्माण, राम्रो भविष्य सिर्जना गर्नु" हो। हालैका वर्षहरूमा क्षेत्रीय द्वन्द्व, जलवायु परिवर्तन र आर्थिक मन्दी जस्ता कारण खाद्य सुरक्षाका समस्याहरूले विश्वलाई सताइरहेको छ। प्रवक्ताले विश्वव्यापी खाद्य सुरक्षा कायम गर्न चीनको प्रयासलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ? ”

प्रवक्ता माउले भन्नुभयो,“चीन विश्वको सबैभन्दा ठूलो अन्न उत्पादन गर्ने देश हो जहाँ विश्वको ९% भन्दा कम खेतीयोग्य भूमि रहेको छ, जसले १ अर्ब ४० करोड भन्दा बढी मानिसहरूलाई खुवाउने समस्या समाधान गर्दछ। साथै चीनले विश्वव्यापी खाद्य सुरक्षा मुद्दाहरूमा पनि ध्यान दिएको छ र हालका वर्षहरूमा प्राकृतिक प्रकोप र मानवीय सङ्कटबाट पीडित देशहरूलाई आपतकालीन खाद्य सहायता उपलब्ध गराउने कार्य जारी राखेको छ। हामी विकासोन्मुख देशहरूलाई उनीहरूको खाद्य उत्पादन क्षमताहरू सुधार गर्न मद्दत गर्नका लागि सक्रिय रूपमा कृषि अनुभव र प्रविधि साझेदारी गर्दछौँ। खाद्य सुरक्षा विश्व विकास प्रस्तावमा सहयोगका आठ प्रमुख क्षेत्रहरू मध्ये एक हो। चीन सबै पक्षहरूसँग खाद्य सुरक्षामा सहयोग सुदृढ गर्न र संयुक्त रूपमा भोकमरीमुक्त विश्व निर्माण गर्न इच्छुक छ। ”

Share this story on

Messenger Pinterest LinkedIn