"संयुक्त तरवार-2024 बी" अभ्यास राष्ट्रिय सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने उचित कदम हो: राज्य परिषदको थाइवान मामिला कार्यालय
चीनको राज्य परिषद्को थाइवान मामिला कार्यालयका प्रवक्ता छन पिनह्वाले अक्टोबर १४ तारिख बोल्दै चिनियाँ जनमुक्ति सेनाको पूर्वी क्षेत्र कमाण्डले थाइवान जलडमरू, उत्तरी थाइवान टापु, दक्षिणी थाइवान टापु र थाइवान टापुको पूर्वी क्षेत्रमा "संयुक्त तरवार-२०२४बी" अभ्यास गर्न स्वक्षेत्रको स्थलसेना, नौसेना, वायुसेना, रकेट सेनालगायत सैन्य गतिविधि आयोजना गरेको छ जुन लाइ छिङ तको "थाइवान स्वतन्त्रता"को भ्रम र पृथकतावादी धारणाको कठोर सजाय र शक्तिशाली अवरोध हो अनि राष्ट्रिय सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने उचित कदम हो भन्ने कुरामा जोड दिनुभयो।
प्रवक्ता छन पिनह्वाले यो काउन्टरको उपाय "थाइवान स्वतन्त्रता" शक्तिको पृथकतावादी कार्य र बाह्य शक्तिको हस्तक्षेपमा लक्षित रहेको तर व्यापक थाइवान देशवासीमा लक्षित नरहेको व्यक्त गर्नुभयो। उहाँले थाइवानी देशबासीले आफ्नो राष्ट्रिय हितलाई पालना गरी इतिहासको सामान्य प्रवृत्तिलाई पछ्याएर "थाइवान स्वतन्त्रता" पृथकतावादको चरम खतरा र हानिलाई पूर्ण रूपमा बुझ्नुपर्ने भन्दै "थाइवान स्वतन्त्रता" पृथकतावाद र बाह्य हस्तक्षेपको दृढतापूर्वक विरोध गरी राष्ट्रिय पुनर्मिलन र राष्ट्रिय पुनर्जागरणको लागि मुख्य भूमिमा रहेका देशवासीसँग हात मिलाउने आशा चीनले लिएको बताउनुभयो।