नेपाली

अमेरिकाद्वारा प्रचारित "वोल्ट टाइफून" कार्य योजनाको सत्य

CRIPublished: 2024-10-14 15:00:17
Share
Share this with Close
Messenger Pinterest LinkedIn

यस वर्षको अप्रिल १५ तारिख र जुलाई ८ तारिख चिनियाँ नेशनल कम्प्युटर भाइरस इमर्जेन्सी रेस्पोन्स सेन्टरलगायत संस्थाहरूले लगातार दुई विशेष प्रतिवेदन सार्वजनिक गरेर अमेरिकाले तथाकथित " वोल्ट टाइफून" गलत कथात्मक कार्य योजनामार्फत् चीनलाई बदनाम गर्ने साँचो मनसाय प्रकाशित गरेको थिए।

१४ तारिख चिनियाँ नेटवर्क सुरक्षा संस्थाले तेस्रो पटक विशेष प्रतिवेदन सार्वजनिक गरेर अमेरिकाका सरकारी संस्था र "फाइभ आइज्" देशहरूले चीन र जर्मनीलगायत देशहरू र विश्वव्यापी इन्टरनेट प्रयोगकर्ताविरुद्ध साइबर जासूसी र गुप्य सूचना चोरी सम्बन्धी गतिविधि प्रकाशित गरेको छ। प्रतिवेदनले अमेरिकी सरकारी संस्थाले विभिन्न माध्यममार्फत् अन्य देशहरूलाई दोष दिने प्रमाण र अमेरिकी सरकारी संस्थाहरूले "आपूर्ति श्रृंखला" मा आक्रमण गरेर इन्टरनेट उपकरण उत्पादनमा ब्याकडोर थपेको तथ्य पनि सार्वजनिक गरेको छ। जसबाट "वोल्ट टाइफून" अमेरिका सरकारद्वारा निर्देशित र अभिनय गरिएको एक राजनीतिक प्रहसन भएको पुष्टि गरिएको छ।

प्रतिवेदन अनुसार, दीर्घकालदेखि अमेरिकाले विरोधी देशहरूवरिपरि क्षेत्रमा साइबर युद्ध बलहरू तैनाथ गरेर यी देशका साइबर लक्ष्यहरूमाथि निकटता साइबर घुसपैठ सञ्चालन गर्दैआएको छ। अमेरिकाको गुप्तचर संस्थाले विशेष गरी आफ्नै दुर्भावनापूर्ण साइबर आक्रमणका कुरामा आफू लुक्ने र अन्य देशलाई दोष दिने "मार्बल" नामको कोड सिर्जना गरेको छ। त्यसको कोड नाम मार्बल हो।

अमेरिका राष्ट्रिय सुरक्षा संस्थाका आन्तरिक शीर्ष-गोप्य सूचनाअनुसार, अमेरिकाले सात राष्ट्रिय स्तरका पूर्ण-ट्राफिक सुन्ने स्टेशन स्थापना गरेको छ। अमेरिकी सरकारी संस्थाले बेलायत राष्ट्रिय साइबर सुरक्षा केन्द्रसँग सहकार्य गरेर विश्वव्यापी इन्टरनेट प्रयोगकर्ताको अन्धाधुन्ध निगरानी गरिरहेको छ।

प्रतिवेदनका अनुसार, अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीको "अफिस अफ स्पेसिफिक इन्ट्रुजन अपरेसन" ले गुप्त साइबर घुसपैठ गर्दछ। मुख्यतया यसको लक्ष्य एशिया, पूर्वी युरोप, अफ्रिका, मध्य पूर्व र दक्षिण अमेरिकाआदि हुन्। प्राविधिक टोलीबाट उपलब्ध गराएको प्रमाणअनुसार, विशिष्ट लक्ष्यमा ५० हजारभन्दा बढी स्पाइवेयर कार्यक्रम रोपिएका छन्।

अमेरिकाले साइबर आक्रमणको उत्पत्तिलाई राजनीतिकरण पनि गर्दैआएको छ।

Share this story on

Messenger Pinterest LinkedIn