नेपाली

चीन-जर्मनी चौतर्फी रणनीतिक साझेदारी सम्बन्ध स्थापनाको दशौँ वार्षिकोत्सव सम्बन्धी सांस्कृतिक आदानप्रदान गतिविधि म्युनिखमा

criPublished: 2024-10-12 16:58:42
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अक्टोबर ११ तारिख अर्थात् चीन-जर्मनी दौत्य सम्बन्ध कायम भएको ५२औँ वार्षिकोत्सवको उपलक्ष्यमा चाइना मिडिया ग्रुपको तत्वावधानमा “स्थिर रूपमा सुदूर यात्राका साथै एकतावद्ध नयाँ लक्ष्य” शीर्षकको चीन-जर्मनी चौतर्फी रणनीतिक साझेदारी सम्बन्ध स्थापनाको दशौँ वार्षिकोत्सव सम्बन्धी सांस्कृतिक आदानप्रदान गतिविधि म्युनिखमा सफलतासाथ आयोजना गरिएको छ। यसका अतिरिक्त भिडियो र चलचित्र तथा टेलिभिजन क्षेत्रका अधिकांश सहयोगात्मक परियोजनाहरू पनि त्यसै दिनमा शुभारम्भ गरिएको छ।

चाइना मिडिया ग्रुपका उप महानिर्देशक सिङ पो र जर्मनीका लागि चिनियाँ दूतावासका मिनिस्टर चङ यङ रू लगायतका अतिथिहरूले सो गतिविधिमा सहभागी हुँदै सम्बोधन पनि गर्नुभएको छ।

आफ्नो सम्बोधनमा सीएमजीका उप महानिर्देशक सिङ पोले चालु वर्ष चीन जर्मनी चौतर्फी रणनीतिक साझेदारी सम्बन्ध स्थापनाको दशौँ वार्षिकोत्सव हो भन्दै जर्मनीका विभिन्न क्षेत्रका साथीहरूसँग सँगै हातमा हात मिलाएर नयाँ अध्याय खोल्दैजान सीएमजी इच्छुक रहेको कुरा औँल्याउनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn