नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङ तथा भियतनाम कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य लुओङ छुओङबीच भेट-वार्ता

criPublished: 2024-10-11 19:01:44
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अक्टोबर ११ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङले जन बृहत् सभा भवनमा भियतनाम कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य एवम् केन्द्रीय सचिवालयका स्थायी सचिव लुओङ छुओङसँग भेट-वार्ता गर्नुभएको छ।

भेटका अवसरमा राष्ट्राध्यक्ष सीले भियतनामसँगै मिलेर उच्चस्तरीय आपसी हितयुक्त सहकार्यलाई गहन पार्दै जान, अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको संरक्षण गर्दै जान र मानव जाति प्रगतिशील कार्यलाई अघि बढाउँदै जान चीन इच्छुक रहेको भन्दै हातमा हात मिलाएर रणनीतिक अर्थ रहेको चीन-भियतनाम भाग्य एकरूपताको स्थापना गर्दै जाने कुरा औँल्याउनुभएको छ।

प्रत्युत्तरमा सचिव लुओङ छुओङले चीनले निर्धारित समय अनुसार दोस्रो सय वर्षको लक्ष्यलाई साकार तुल्याउनुका साथै विश्व र क्षेत्रीय शान्ति, स्थिरता तथा समृद्धिका लागि अझ ठूलो योगदान गर्दै जाने विश्वास व्यक्त गर्नुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn