नेपाली

सी चिनफिङद्वारा चीन अन्तर्राष्ट्रिय मैत्री सम्मेलन एवम् वैदेशिक देशहरूसँगको मित्रताका लागि चिनियाँ जनसंघको स्थापनाको ७०औँ वार्षिकोत्सव समारोहमा सहभागी हुँदै विदेशी पाहुनाहरूसँग भेट

criPublished: 2024-10-11 15:36:32
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अक्टोबर ११ तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङमा चिनियाँ अन्तर्राष्ट्रिय मित्रता सम्मेलन एवम् वैदेशिक देशहरूसँगको मित्रताका लागि चिनियाँ जनसंघको स्थापनाको ७०औँ वार्षिकोत्सव समारोहमा सहभागी विदेशी पाहुनाहरूसँग सामूहिक भेट गर्नुभएको छ।

सी चिनफिङले जनताबीचको मित्रता अन्तर्राष्ट्रिय सम्बन्धको स्थायित्व र दीर्घकालीन विकासको जग,विश्व शान्ति र विकासलाई प्रवर्द्धन गर्ने अटुट प्रेरक शक्ति भएको औँल्याउनुभयो। ७५ वर्षअघि जन गणतन्त्र चीनको स्थापना भएदेखि नै चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ जनतालाई एकताबद्ध गरी आधुनिकीकरणको बाटोमा डोर्‍याएको र यसले आफ्नो विकास मात्र नभई विश्वलाई पनि फाइदा पुर्‍याएको पनि बताउनुभयो।

सी चिनफिङले चिनियाँ कम्युनिष्ट पार्टी जनताको सेवा गर्ने पार्टी, चिनियाँ सरकार जनताको सरकार र चीनको कूटनीति जनताको कूटनीति भएको कुरामा जोड दिनुभयो।

नाइजेरियाका पूर्व राष्ट्रपति ओबासान्जो, पूर्व थाई कांग्रेस अध्यक्ष पोचिन र अमेरिकी "फ्रेन्ड्स अफ कुलिङ" का संयोजक मु यानलिङले क्रमशः विदेशी पार्टीहरूका तर्फबाट सो समारोहलाई सम्बोधन गरेका थिए। "फ्रेन्ड्स अफ कुलिङ" अर्थात कुलिङका साथीहरू भन्नाले कुलिङमा बसोबास गर्ने अमेरिकी परिवारका वंशजहरू र कुलिङ संस्कृतिको अध्ययन गर्ने विज्ञ तथा विद्वानहरूबाट निर्मित एउटा संस्था हो जसले कुलिङको कथालाई निरन्तरता दिने र कुलिङको भावनालाई सम्हाल्ने लक्ष्य राखेको छ।

Share this story on

Messenger Pinterest LinkedIn