चिनियाँ परराष्ट्रमन्त्री वाङ यी र जापानी समकक्षी ताकेशी इवायाबीच फोनवार्ता
अक्टोबर ९ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा परराष्ट्रमन्त्री वाङ यीले नवनियुक्त जापानी परराष्ट्रमन्त्री ताकेशी इवायासँग टेलिफोन वार्ता गर्नुभयो।
ताकेशी इवायाले नयाँ जापानी मन्त्रीपरिषद्ले चीनसँगको सहकार्यलाई सुदृढ गर्न र क्षेत्रीय शान्ति तथा स्थायित्व प्रवर्द्धन गर्न साथै विश्वव्यापी चुनौतीहरूको सामना गर्न जापान इच्छुक रहेको कुरा बताउनुभयो।
प्रत्युत्तरमा वाङ यीले दुवै पक्षले इतिहासबाट पाठ सिक्नुका साथै सहयोग विस्तार गर्नुपर्ने र चीन-जापान रणनीतिक तथा पारस्परिक लाभकारी सम्बन्धलाई व्यापकरूपमा प्रवर्द्धन गर्नुपर्ने कुरा बताउनुभयो।