नेपाली

बजारको सम्पर्कलाई सबल पार्नु नै चीन-आशियान सहकार्यलाई प्रबर्द्धन गर्ने महत्वपूर्ण दिशा: चीनका प्रधानमन्त्री

criPublished: 2024-10-10 16:24:01
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अक्टोबर १० तारिख चीनका प्रधानमन्त्री ली छ्याङले लाओसको भियन्टाइनमा २७ औँ चीन-आशियान १० जोड १ शिखर सम्मेलनमा सहभागिता जनाउनुभएको छ। सम्मेलनलाई सम्बोधन गर्दै उहाँले बजारको सम्पर्कलाई सबल पार्नु नै चीन आशियान सहकार्यलाई प्रबर्द्धन गरिने महत्वपूर्ण दिशा रहेको कुरा औँल्याउनुभएको छ।

प्रधानमन्त्री ली छ्याङले उक्त सम्मेलनमा ३ वटा प्रस्ताव प्रस्तुत गर्नुभएको छ: एक, आपसी सम्पर्क सञ्जालको स्थापना गर्दै सक्रियता साथ आधारभूत निर्माण सहकार्यलाई अघि बढाउनुपर्ने। दुई, नयाँ ढाँचाको व्यावसायिक सहकार्यको विस्तार गर्दै डिजिटल अर्थतन्त्र र हरित विकास आदि क्षेत्रमा रहेका सहकार्यको निहित शक्ति पहिल्याउनुपर्ने र तीन, सांस्कृतिक आदानप्रदानलाई गहन पार्दै जाने सिलसिलामा चीनबाट निरन्तर चीन-आशियान सहकार्य कोषमा पूँजी थपिने।

चीनसँगै मिलेर बेल्ट एण्ड रोड प्रस्ताव सम्बन्धी सम्पर्क र सहकार्यलाई सबल पार्दै संयुक्त रूपमा क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिको संरक्षणका लागि योगदान गर्दै जान आशियान इच्छुक रहेको कुरा पनि सम्मेलनमा सहभागी आशियान मुलुकका नेताहरूले बताए।

Share this story on

Messenger Pinterest LinkedIn