नेपाली

उत्तर कोरियाद्वारा उत्तर र दक्षिण कोरियाबीचको सडक सम्पर्क बन्द

criPublished: 2024-10-09 17:54:31
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अक्टोबर ९ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले नियमित पत्रकार सम्मेलनको आयोजना गर्नुभयो।

उत्तर कोरियाले दक्षिण कोरियासँगको सडक र रेलमार्ग बन्द गर्ने घोषणा गरेकोबारे प्रतिक्रिया दिँदै माउ निङले प्रायद्वीपको अवस्थाको विकास र उत्तर र दक्षिण कोरिया सम्बन्धका प्रवृत्तिहरूप्रति चीन चिन्तित भएको कुरा बताउनुभयो।

कोरियाली प्रायद्वीपमा शान्ति र स्थायित्व कायम राख्नु र प्रायद्वीपको राजनीतिक समाधान प्रक्रियालाई प्रवर्द्धन गर्नु विभिन्न पक्षहरूको साझा हितमा हुने भन्दै उहाँले यसका लागि सबै पक्षको साझा प्रयासको आवश्यकतामा चीनले जोड दिएको बताउनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn