नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा चीनको रेडक्रस सोसाइटीको १२ औँ राष्ट्रिय सदस्य प्रतिनिधि सम्मेलनलाई चिट्ठी

criPublished: 2024-10-09 16:56:23
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको रेडक्रस सोसाइटीको १२औँ राष्ट्रिय सदस्य प्रतिनिधि सम्मेलन शुरू भएको परिप्रेक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले सम्मेलनलाई चिट्ठी पठाउँदै चीनभर रेडक्रस सम्बन्धी कर्मचारी, सदस्य र स्वयम सेवकहरूलाई हार्दिक अभिवादन प्रकट गर्नुका साथै रेडक्रस कार्य राम्रोसँग संचालनका लागि आशा प्रस्तुत गर्नुभएको छ।

आफ्नो पत्रमा राष्ट्राध्यक्ष सी यसरी लेख्नुहुन्छ: चीनको रेडक्रस सोसाइटी पार्टी र सरकारले मानवीय क्षेत्रमा सर्वसाधारणसँग सम्पर्क राख्ने पूल र साधन नै हो। नयाँ युग र नयाँ यात्रामा चीनको रेडक्रस सोसाइटीले पार्टीको सम्पूर्ण निर्देशनलाई कायम राख्दै उच्च गुणस्तरीय विकासमा नजर पुर्याएर शक्तिशाली मुलुकको निर्माण र चीन राष्ट्रको पुनरूत्थान महा कार्यलाई अघि बढाउन र मानव जातिको शान्ति र प्रगतिलाई प्रबर्द्धन गर्नका लागि अझ ठूलो योगदान गर्दै जानेछ।

चीनको रेडक्रस सोसाइटीको १२ औँ राष्ट्रिय सदस्य प्रतिनिधि सम्मेलन अक्टोबर ९ तारिख पैचिङमा आयोजना गरिएको छ। चीनका उप राष्ट्राध्यक्ष हान चङले उद्घाटन समारोहमा सहभागी हुँदै सम्पूर्ण प्रतिनिधिहरूसँग भेटघाट गर्नुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn