चीनले निरन्तर रूपमा आर्थिक पुनरूत्थानलाई प्रवर्द्धन गर्न वृद्धिशील नीतिहरू शुरू गर्ने
८ तारिखका दिन चिनियाँ राष्ट्रिय विकास तथा सुधार आयोगले आर्थिक विकासमा निरन्तर सुधार ल्यान बजेट लगानी बढाउने,प्रमुख परियोजनाहरू कार्यान्वयन गर्ने र आन्तरिक माग विस्तार गर्ने जस्ता वृद्धिशील नीतिहरूका श्रृङ्खलाको घोषणा गरेको छ।
सेप्टेम्बरको अन्त्यमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोको बैठकले नीतिगत दिशा स्पष्ट गरेको छ,अर्थात वृद्धिशील नीतिहरू लागू गर्ने,नीतिगत उपायहरूको सान्दर्भिकता र प्रभावकारितालाई थप सुधार गर्ने,वार्षिक आर्थिक र सामाजिक विकास लक्ष्य र कार्यहरू सम्पन्न गर्ने छ। ८ तारिख आयोजित पत्रकार सम्मेलनमा वृद्धिशील नीतिको प्याकेजको व्यवस्थित कार्यान्वयन भएको जनाएको छ।
हालसालै ल्याइएका नीतिगत उपायहरूले आर्थिक गतिविधिलाई बढावा दिने र चीनलाई लगानीको आकर्षण गन्तव्य बनाउने विश्वास लिएर चीनको पुँजी बजार र अर्थतन्त्रका बारेमा धेरै अन्तर्राष्ट्रिय लगानी संस्थाहरूले आफ्नो धारणा राखेका छन्।