ह लिफङको नेतृत्वमा केन्द्रिय प्रतिनिधिमण्डलद्वारा भ्रमण तथा अवलोकनका लागि सिन्च्याङ उत्पादन तथा निर्माण कोर्प्सको आठौँ डिभिजनको शहच सहरको भ्रमण
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक ब्यूरोका सदस्य एवम् राज्य परिषदका उपप्रधानमन्त्री एवम् केन्द्रिय प्रतिनिधिमण्डलका प्रमुख ह लिफङ ७ तारिख दिउँसो केन्द्रिय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सिन्च्याङ उत्पादन तथा निर्माण कोर्प्सको आठौँ डिभिजनको शहच सहर भ्रमण तथा अवलोकनका लागि पुग्नुभएको छ।
केन्द्रिय प्रतिनिधिमण्डलको पहिलो गन्तव्य सिन्च्याङ कोर्प्सको सेनाको एकाइद्वारा काम नलाग्ने भूमिको पुनःप्राप्ति सम्बन्धित सङ्ग्रहालय थियो। त्यसपछि सिन्च्याङ थ्येनये समूह कम्पनी लिमिटेडको भ्रमण तथा अवलोकन गरिएको थियो।