नेपाली

चिनियाँ राष्ट्रिय विकास तथा सुधार आयोगः चीनको वर्तमान आर्थिक कार्यसम्पादन स्थिर र प्रगतिशील

criPublished: 2024-10-08 14:55:24
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ राज्य परिषद्को सूचना कार्यालयले ८ तारिख पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रिय विकास तथा सुधार आयोगका निर्देशक चङ शानच्येले थप जटिल घरेलु र अन्तर्राष्ट्रिय वातावरणको सामना गर्दैगर्दा चीनको आर्थिक सञ्चालन सामान्यतया स्थिर, नयाँ उत्पादक शक्तिहरूको गठनको गहिराइमा उच्च गुणस्तरको विकास भइरहेको बताउनुभएको छ।

चङ शानच्येले वर्तमान आर्थिक अवस्थालाई दुई शब्द "स्थिरता" र "प्रगति" द्वारा संक्षेप गर्न सकिने पनि भन्नुभयो। "स्थिरता" ले मुख्यतया आर्थिक बजारलाई प्रतिबिम्बित गर्दछ,"प्रगति" मुख्यतया संरचनात्मक अनुकूलनमा प्रतिबिम्बित हुन्छ।

चङ शानच्येले भन्नुभयो कि,“विकास प्रवृतिको परिप्रेक्ष्यमा चीनको आर्थिक विकासको आधारभूत कुराहरू परिवर्तन भएका छैनन्, विभिन्न विद्यमान नीतिहरूको प्रभाव जारी रहँदा ठूलो बजार सम्भावना र बलियो आर्थिक लचिलोपन जस्ता अनुकूल परिस्थितिहरू परिवर्तन भएका छैनन्। हामी हाम्रा वार्षिक लक्ष्य र कार्यहरू प्राप्त गर्न र दिगो, स्थिर तथा स्वस्थ आर्थिक विकासलाई कायम राख्नेमा विश्वस्त छौँ।”

Share this story on

Messenger Pinterest LinkedIn