इजरायल-प्यालेस्टाइन संघर्षको एक वर्ष
सन् २०२३ अक्टोबरको ७ तारिखदेखि हालसम्ममा प्यालेस्टिन-इजरायल द्वन्द्वको पहिलो वर्षगाँठ पुगेको छ। र, इजरायली सेनाले अझै पनि सम्पूर्ण गाजापट्टिमा आक्रमण गर्दैआएको छ।
स्थानीय समय अनुसार ६ तारिख इजरायली सेनाले फेरि उत्तरी गाजापट्टिमा भूमिगत सैन्य कारबाही सुरु गरेको छ जसले गर्दा हजारौं मानिस फेरि विस्थापित भएका छन्।
यो महिनाको ५ तारिखदेखि इजरायली सेनाले उत्तरी गाजापट्टिमा लुकेका प्यालेस्टिनी इस्लामिक प्रतिरोध आन्दोलन (हमास) लडाकुहरूलाई आक्रमण गर्ने बहानामा जेबालिया र अन्य ठाउँहरूमा फेरि ठूलो मात्रामा हवाई आक्रमण गरेको छ। सो हवाई आक्रमणको निशाना विद्यालयसमेत भएको छ र जसमा परी दर्जनौं विद्यार्थीहरू पनि मारिएका थिए।