नेपाली

अमेरिकी राष्ट्रपति जो बाइडेनको बधाई सन्देशबारे चिनियाँ परराष्ट्र मन्त्रालयको जवाफ

criPublished: 2024-10-06 16:09:29
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अक्टोबर ५ तारिखका दिन चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनको राष्ट्रिय दिवसको लागि चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङलाई पठाउनुभएको बधाई सन्देशबारे पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिएका छन्।

मिडिया रिपोर्टअनुसार, धेरै देशका नेताहरू, राजनीतिक दल र अन्तर्राष्ट्रिय संगठनका प्रमुखहरूले चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका महासचिव तथा चीनका राष्ट्राध्यक्ष सी चिनफिङलाई जन गणतन्त्र चीन स्थापनाको ७५औं वार्षिकोत्सवको उपलक्ष्यमा फोन वा पत्रमार्फत् बधाई दिनुभएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि चीनलाई बधाई पठाउनुभएको छ कि भन्ने पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले यसरी भने, ‘हालै अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङलाई जनगणतन्त्र चीन स्थापनाको ७५औँ वार्षिकोत्सवको अवसरमा बधाई सन्देश पठाउनुभएको छ। सन्देशमा अमेरिकी राष्ट्रपति बाइडेनले जनगणतन्त्र चीन स्थापनाको ७५ औँ वर्षगाँठका अवसरमा अमेरिकी जनताका तर्फबाट समकक्षी सी र चिनियाँ जनतामा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।’

Share this story on

Messenger Pinterest LinkedIn