चीनद्वारा जमिनमा ७६,००० भन्दा बढी स्वचालित मौसम अवलोकन स्टेशनहरू निर्मित
हालै चीन मौसम प्रशासन व्यूरोबाट प्राप्त जानकारी अनुसार, चीनले ७६,०००भन्दा बढी स्वचालित भूमि मौसम अवलोकन स्टेशनहरू निर्माण गरेको छ जसबाट देशभरिका शहरहरू र गाउँहरूको पूर्ण कभरेज भएको छ। यसका साथै २७ राष्ट्रिय जलवायु वेधशालाहरू र ८ राष्ट्रिय वायुमण्डलीय पृष्ठभूमि स्टेशनहरू पनि निर्माण भएका छन्।
चीन मौसम विज्ञान प्रशासन व्यूरोका उपनिर्देशक पी पाउग्वीले जानकारी दिँदै भन्नुभयो, "९ वटा फडयुन मौसम विज्ञान उपग्रहले उच्च र निम्न-कक्षीय अवलोकन नेटवर्क राखिसकेका छन् जसले चीनभरिलाई ढाकिसकेको छ एकै साथ बिहानसबेरै, बिहान, दिउँसो र झुकावमा चार निम्न-पृथ्वी परिक्रमा मौसम उपग्रहहरूको सञ्चालन गर्ने देश बनाइएको छ र यसको उत्पादनहरूले विश्वभरका १३२ देश र क्षेत्रहरूमा सेवा पुर्याइरहेका बताइएको छ।