नेपाली

सन् १९७९-२०२३ विश्व आर्थिक वृद्धिमा चीनको औसत वार्षिक योगदान विश्वको पहिलो स्थानमा

criPublished: 2024-10-01 19:57:57
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको राष्ट्रिय तथ्याङ्क व्यूरोले हालै ‘विगत ७५ वर्षमा चीनको आर्थिक तथा सामाजिक विकास उपलब्धि सम्बन्धी शृङ्खलावद्ध प्रतिवेदन’ सार्वजनिक गरेको छ। उक्त प्रतिवेदन बमोजिम, ७५ वर्षअघि जन गणतन्त्र चीनको स्थापनाभएदेखि नै चीनको आर्थिक शक्ति, वैज्ञानिक तथा प्राविधिक शक्ति र मिलिजुली राष्ट्रिय शक्तिमा उल्लेखनीय वृद्धि भएको छ र यसको अन्तर्राष्ट्रिय प्रभावमा पनि व्यापक वृद्धि भएको छ। सन् १९७९ देखि २०२३ सम्मको अवधिमा, चीनको अर्थतन्त्र औसत रुपमा वार्षिक ८.९ प्रतिशतले वृद्धि भइरहेको छ जुन सोही अवधिमा विश्व अर्थतन्त्रको औसत वृद्धिदर ३ प्रतिशतभन्दा धेरै बढी छ। साथै विश्व आर्थिक वृद्धिमा चीनको औसत वार्षिक योगदान २४.८ प्रतिशत पुग्यो जुन विश्वमा पहिलो स्थानमा रहेको जनाइएको छ।

Share this story on

Messenger Pinterest LinkedIn