नेपाली

गरिबी निवारणमा चीनको उपलब्धि विकासोन्मुख मुलुकका लागि उपयोगी पाठ

criPublished: 2024-10-01 18:49:19
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कतारको मूलधारको अङ्ग्रेजी भाषाको संचारमाध्यम ‘द एशियन टेलिग्राफ’का अध्यक्ष तथा प्रधान सम्पादक अशरफ सिद्दिकीले हालै एक हस्ताक्षरित लेख प्रकाशित गर्दै चीनको तीव्र विकास आकर्षक रहेको र गरिबी न्यूनीकरणका उपलब्धिहरूले विकासोन्मुख देशहरूका लागि उपयोगी पाठ प्रदान गरेको उल्लेख गर्नुभएको छ।

सिद्दिकीका अनुसार, सन् १९८० मा चीनको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन ३०० अमेरिकी डलर मात्र थियो। सन् २०२२ सम्ममा यो आँकडा बढेर १२,७४१ अमेरिकी डलर पुगेको छ र यसको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १अरब ७९ करोड अमेरिकी डलर पुगेको थियो, जसले गर्दा यो अमेरिकापछि विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्यो। विश्व बैंकको एक प्रतिवेदनअनुसार, चीन आगामी पाँच वर्षमा उच्च आयस्तरसम्म पुग्ने बाटोमा छ। हाल चीनले लगभग ८० करोड मानिसलाई सफलतापूर्वक गरिबीबाट मुक्त पारेको छ, जुन सोही अवधिमा विश्वव्यापी गरिबी न्यूनीकरणको ७५ प्रतिशत हो। यो नै उल्लेखनीय उपलब्धि हो।

सिद्दिकीले बितेका वर्षहरूमा आफूले चीनका धेरै स्थानहरूको भ्रमण गरेको र ती स्थानहरूको सकारात्मक परिवर्तन र नवीन विकास देखेको बताउनुभयो।

"विकासप्रति चीनको स्थायी प्रतिबद्धता संसारभरका देशहरूका लागि एउटा नमूना हो र यसले ती मुलुकहरूको विकासका लागि उपयोगी सन्दर्भ प्रदान गर्दछ भन्दै सिद्दिकीले प्रशंसा गर्नुभयो।

Share this story on

Messenger Pinterest LinkedIn