नेपाली

चीन समाजवादी विशेषतायुक्त नयाँ खालको समाज निर्माणरत - ब्राजिल मिडिया

criPublished: 2024-09-30 20:11:45
Share
Share this with Close
Messenger Pinterest LinkedIn

ब्राजिलस्थित मूलधारको संचारमाध्यम “मञ्च”का प्रधान सम्पादक रेनाटो रोवायले सेप्टेम्बर ११ तारिख "समाजवादी विशेषतायुक्त नयाँ संसारको निर्माण - चीनमा मैले देखेको, सुनेको र महसुस गरेको" शीर्षकको लेख प्रकाशित गर्नुभएको छ। उहाँले आफ्नो चीन भ्रमणका अनुभवमार्फत् आर्थिक विकास, वैज्ञानिक तथा प्राविधिक नवीनता र सामाजिक परिवर्तनमा चीनबाट हासिल गरिएको उपलब्धिको उच्च मूल्याङ्कन गर्नुभएको छ।

उक्त लेखअनुसार, चीन आश्चर्यजनक गतिले नयाँ विश्वको निर्माण गरिरहेको छ । चीनका नेतागण समूह र जनता भविष्यप्रति विश्वस्त हुनुका साथै निष्पक्ष र न्यायपूर्ण समाज निर्माणका लागि प्रयास गरिरहेका छन्। चीनले आफ्नो अद्वितीय शासन मोडेलमार्फत विश्वव्यापी रूपमा समाजवादको विकासलाई बढाइरहेको रोवायले महसुस गर्नुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn