नेपाली

चीनको विकासको हरेक पाइलाले शान्तिका लागि शक्ति बढाउँछ

criPublished: 2024-09-30 18:19:58
Share
Share this with Close
Messenger Pinterest LinkedIn

२८ तारिख चीनका परराष्ट मन्त्री वाङ यीले न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा ७९औं राष्ट्र संघीय महासभाको सामान्य बहसमा “पहिलेको उत्तराधिकार गर्दै भविष्यको सिर्जना गरी मानव भाग्य समुदायको साझा निर्माण” शीर्षकमा भाषण गर्नुभएको छ।

उहाँकाअनुसार, संयुक्त राष्ट्र संघले विभिन्न देशका जनताको सुन्दर तृष्णा वहन गर्नुका साथै अन्तर्राष्ट्रिय जगत एकता तथा सहकार्य मार्फत् प्रगति खोज्ने गरेको गौरवशाली इतिहासले पुष्टि गरेको छ। संयुक्त राष्ट्र संघको भूमिका बढ्नुपर्छ, कम हुनुहुँदैन।

मन्त्री वाङले चिनियाँ शैलीको आधुनिकीकरणको विश्वव्यापी अर्थको व्याख्या गर्नुका साथै विश्वव्यापी शासनको पूर्ण सुधारबारे चीनको अडान प्रकट गर्नुभएको छ।

उहाँले थाइवान मामिलाबारे चीनको अडानबारे पनि जानकारी दिनुभएको छ।

३० तारिख चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो।

Share this story on

Messenger Pinterest LinkedIn