नेपाली

वाङ यीद्वारा ब्लिन्केनसँग भेटवार्ता

criPublished: 2024-09-28 16:38:39
Share
Share this with Close
Messenger Pinterest LinkedIn

स्थानीय समयअनुसार सेप्टेम्बर २७ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य एवम् परराष्ट्रमन्त्री वाङ यीले संयुक्त राष्ट्र संघको महासभाको अवसरमा अमेरिकी विदेशमन्त्री ब्लिन्केनसँग भेटवार्ता गर्नुभयो।

वाङ यीले दुई राष्ट्र प्रमुखको रणनीतिक निर्देशनमा चीन-अमेरिका सम्बन्धमा भएको प्रगतिमा कठिन जित भएकोले त्यसको कदर गर्नुपर्ने बताउनुभयो। अमेरिकाले सधैं चीनसँग "दुई अनुहार"बाट व्यवहार गर्न सक्दैन भन्दै उहाँले भन्नुभयो, ‘यसले अनैतिक रूपमा चीनलाई रोक्छ र दबाइरहन्छ। अर्कोतिर चीनसँग वार्ता र सहयोग गर्दछ।’

वाङ यीले अमेरिकाले थाइवान जलडमरूमा शान्ति र स्थायित्वको इमान्दारीपूर्वक आशा राखेको खण्डमा‘एक चीन’ सिद्धान्तको पालना गर्ने, ‘तीन संयुक्त विज्ञप्ति’ कार्यान्वयन गर्ने, थाइवानलाई हतियार दिन बन्द गर्ने, थाइवानको स्वतन्त्रताको खुलेर विरोध गर्ने र चीनको शान्तिपूर्ण समर्थन गर्ने कुरामा जोड दिनुपर्ने बताउनुभयो। वाङ यीले चीनको अर्थतन्त्र, व्यापार र विज्ञान तथा प्रविधिमा अमेरिकाले गरेको दमनप्रति चीनले दृढतापूर्वक विरोध गर्ने बताउनुभयो। वाङ यीले भन्नुभयो, ‘दुई देशबीचको जनता र सांस्कृतिक आदानप्रदान अत्यावश्यक छ र अमेरिकाले अवरोध हटाउन व्यावहारिक कदम चाल्नुपर्छ।’

दक्षिण चीन सागरको मुद्दामा चीनको गम्भीर अडान स्पष्ट पार्दै चीनले प्रत्यक्ष सरोकारवाला देशहरूसँग वार्ता र परामर्शको माध्यमबाट मतभेदको समाधान गर्नेम पनि वाङ यीको जोड थियो। अमेरिकाले दक्षिण चीन सागरमा शान्ति र स्थायित्व कायम गर्न क्षेत्रीय देशहरूको प्रयासलाई कमजोर पार्न नहुने उहाँको ठहर थियो।

दुवै पक्षले बैठक स्पष्ट र ठोस भएकोमा सहमति जनाए भने चीन र अमेरिकाले दीर्घकालीन शान्तिपूर्ण सहअस्तित्व खोज्नुपर्नेमा सहमति जनाएका छन्।

Share this story on

Messenger Pinterest LinkedIn