नेपाली

सीएमजी र कृषि तथा ग्रामीण मन्त्रालय बीच रणनीतिक सहकार्य

criPublished: 2024-09-20 19:18:56
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सातौँ चिनियाँ किसान समृद्धि महोत्सव नजिकिँदै आएको सिलसिलामा सेप्टेम्बर २० तारिख सीएमजी अर्थात चाइना मिडिया ग्रुप र कृषि तथा ग्रामीण मन्त्रालयले पैचिङमा रणनीतिक सहकार्य सम्बन्धी प्रारुप सम्झौतामा हस्ताक्षर गरेका छन्। कृषि तथा ग्रामीण मन्त्री हान च्युन र प्रचार विभागका उप-प्रमुख, सीएमजीका निर्देशक शन हाई श्योङले सो कार्यक्रममा शुभकामना व्यक्त गर्नुभएको छ।

हान च्युनले सीएमजीले लामो समयदेखि "ग्रामिण क्षेत्र, कृषि तथा किसान" कार्यमा ध्यान दिँदै यस विषयमा श्रृंखलाबद्ध उत्कृष्ट रिपोर्टहरू प्रस्तुत गरेको व्यक्त गर्नुभयो।

शन हाई श्योङले सीएमजीले " ग्रामिण क्षेत्र, कृषि तथा किसान " को उच्च गुणस्तरीय विकासलाई अघि बढाउँदै कृषि आधुनिकीकरण तथा कृषि शक्तिशाली राष्ट्रको निर्माणको निम्ति नयाँ र ठूलो योगदान गर्ने प्रकट गर्नुभयो।

Share this story on

Messenger Pinterest LinkedIn