नेपाली

सी चिनफिङद्वारा निङ पो मूलका हङकङ व्यवसायीहरूलाई जवाफी पत्र

CRIPublished: 2024-08-01 14:59:46
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हालै चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पाउ फै छिङ र छाउ छी योङ लगायत निङ पो मूलका हङकङ व्यवासयीहरूलाई जवाफी पत्र पठाउँदै उनीहरूलाई न्यानो अभिवादनका साथ प्रेरणा प्रदान गर्नुभएको छ।

आफ्नो पत्रमा राष्ट्राध्यक्ष सीले ती व्यवसायीहरूले विगतमा झैँ आ-आफ्नो श्रेष्ठताको सदुपयोग गर्दै सक्रियताका साथ देशको सुधार र खुलापन महा कार्यमा संलग्न भई चिनियाँ शैलीको आधुनिकीकरण निर्माण गर्न र चीन राष्ट्रको महान पुनरूत्थानलाई साकार तुल्याउनका लागि नयाँ योगदान गर्दै जाने आशा व्यक्त गर्नुभएको छ।

बितेका धेरै वर्षहरूमा अधिकाँश निङ पो बासीले आफ्नो जन्मथलो छाडेर हङकङ अझ विशेषगरी संसारभर गएर उद्योग-वाणिज्य कार्य चलाउँदै आएका छन्। उनीहरू क्रमश: विश्वमा फैलिएका देशभक्त व्यापारी समूह बनिसकेको देखिन्छ। मातृभूमि र जन्मथलोको निर्माणका लागि सकारात्मक योगदान गरेकाले उनीहरूलाई “निङ पो समूह” पनि भनिन्छ।

हालै मात्र पाउ फै छिङ र छाउ छी योङ लगायत हङकङमा बसिरहेका निङ पो समूहका पछिल्लो सन्तानले राष्ट्राध्यक्ष सीलाई चिट्ठी पठाउँदै मातृभूमिको आधुनिकीकरण निर्माणका लागि आफ्नो शक्ति समर्पण गर्ने अठोट व्यक्त गरेका थिए।

Share this story on

Messenger Pinterest LinkedIn