नेपाली

चीन-स्पेन सांस्कृतिक आदान-प्रदान कार्यक्रम म्याड्रिडमा

criPublished: 2024-07-30 11:18:31
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जुलाई २९ तारिख स्पेनको म्याड्रिड शहरमा चाइना मिडिया ग्रुपद्वारा आयोजित "नयाँ युगमा चीनको गहिरो सुधारले विश्वको अवसर" संवाद अर्थात् चीन- स्पेन सांस्कृतिक आदान-प्रदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

सो संवादमा उपस्थित अतिथिहरू चीनको व्यापक सुधार र नयाँ युगमा चिनियाँ शैलीको आधुनिकीकरणको थप उन्नतिले ल्याएको विश्वव्यापी विकासका अवसरहरूबारे कुराकानी र वैचारिक आदान-प्रदान गर्नुका साथै मिडिया, चलचित्र, टेलिभिजन, कला र अन्य क्षेत्रहरूमा व्यावहारिक सहकार्य गर्ने सहमतिमा पुगेका छन्।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार विभागका उपमन्त्री एवम् चाइना मिडिया ग्रुपका निर्देशक शन हाइ स्योङ र स्पेनको चलचित्र, टेलिभिजन र श्रव्य दृश्य कलाको विभागका प्रमुख क्यामोस तथा अन्य अतिथिहरूले उक्त कार्यक्रममा मन्तव्यहरू दिनुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn