नेपाली

स्पेनको म्याड्रिडका मेयर तथा चाइना मिडिया ग्रूपका महानिर्देशकबीच भेटघाट

criPublished: 2024-07-29 19:23:14
Share
Share this with Close
Messenger Pinterest LinkedIn

स्थानीय समयअनुसार, जुलाई २९ तारिख स्पेनको म्याड्रिडका मेयर अल्मेडाले म्याड्रिड सिटी हलमा चाइना मिडिया ग्रूपका महानिर्देशक शन हाइस्योङसँग भेटघाट गर्नुभएको छ। भेटमा दुवै पक्षले पारस्परिक लाभप्रद सहयोगलाई प्रगाढ बनाउन र चीन तथा स्पेनबीचको मित्रता प्रवर्द्धन गर्ने विषयमा गहन आदानप्रदान गर्नुभयो।

सो अवसरमा चाइना मिडिया ग्रूपका महानिर्देशक शन हाइस्योङले म्याड्रिड शहरसँग फिल्म र टेलिभिजन, फुटबल, पर्यटन लगायतका क्षेत्रहरूमा सहयोग बढाउँदै, दुई देशका जनताबीच थप सम्पर्क र आदानप्रदानलाई बढाउने आशा व्यक्त गर्नुभएको छ। संयुक्त रूपमा चीन-स्पेन व्यापक रणनीतिक साझेदारीको विकासलाई बढाई मानव जातिको संयुक्त भाग्य समुदायको निर्माण गर्ने उत्सुकता पनि उहाँले प्रकट गर्नुभयो।

भेटमा म्याड्रिडका मेयर अल्मेडाले पेरिस ओलम्पिक खेलको प्रसारणमा चाइना मिडिया ग्रूपको बलियो सञ्चार शक्ति देखाएकोमा बधाई दिनुभएको छ। म्याड्रिडले सन् २०३०मा विश्वकपको आयोजना गर्नेछ र प्रथम श्रेणीको उत्पादन र प्रसारण स्तरमा यस विश्वकपको प्रत्यक्ष प्रसारणमा चाइना मिडिया ग्रुपको सहभागिताको अपेक्षा व्यक्त गर्नुभयो।

म्याड्रिड स्पेनको राजधानी हो। स्पेनको सबैभन्दा ठूलो शहर र राजनीतिक, सांस्कृतिक, आर्थिक र वित्तीय केन्द्र, यातायात, रसद, अनुसन्धान र विकास, खपत र उच्च प्रविधि उद्योगहरूको केन्द्र पनि हो।

Share this story on

Messenger Pinterest LinkedIn