नेपाली

“नयाँ युगमा चीनको सुधारको गहनतामा विश्वका लागि अवसर” विश्वव्यापी संवादको जाम्बिया कार्यक्रम सफलताका साथ सम्पन्न

criPublished: 2024-07-26 15:02:36
Share
Share this with Close
Messenger Pinterest LinkedIn

स्थानीय समयअनुसार जुलाई २४ तारिख चाइना मिडिया ग्रुपले आयोजना गरेको “नयाँ युगमा चीनको सुधारको गहनतामा विश्वका लागि अवसर” विश्वव्यापी संवादको जाम्बिया कार्यक्रम लुसाकामा सफलताका साथ सम्पन्न भएको छ। सो अवसरमा चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाईस्युङले भिडियोमार्फत सम्बोधन गर्नुभएको छ। जाम्बियाका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ शङ, जाम्बियाका सूचना तथा सञ्चार मन्त्रालयका स्थायी सचिव कावाना लगायतका अधिकारीहरूले उक्त संवादमा भाग लिनुका साथै सम्बोधन गर्नुभएको छ। जाम्बियाका सञ्चार-माध्यम, जाम्बिया विश्वविद्यालयका ८० जना अतिथि उक्त संवादमा सहभागी भएका थिए।

महानिर्देशक शन हाईस्युङले विश्वले ध्यान दिएको चिनियाँ कम्युनिष्ट पार्टी २० औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक नयाँ युगमा चीनको एक कोसे-ढुंगा भएको बताउनुभयो।

कार्यवाहक राजदूत वाङ शङले तेस्रो पूर्ण बैठकले चीन विश्वव्यापी शासन प्रणालीको सुधार तथा निर्माणमा सलग्न हुने र नयाँ ढाँचाका अन्तर्राष्ट्रिय सम्बन्धको निर्माण गर्न अगाडि बढाउने महत्वपूर्ण संकेत प्रसारण गरेको र दक्षिण-दक्षिण सहयोग प्रारुपमा दुई मुलुकको आदान-प्रदान र सहकार्य बढाउनका लागि मौका उपलब्ध गराएको बताउनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn