नेपाली

दक्षिण अफ्रिकामा "नयाँ युगमा चीनको सुधारको गहनतामा विश्वका लागि अवसर"

criPublished: 2024-07-25 19:03:31
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जुलाई २४ तारिख सीएमजीद्वारा आयोजित नयाँ युगमा चीनको सुधारको गहनतामा विश्वका लागि अवसर विश्वव्यापी संवाद कार्यक्रम दक्षिण अफ्रिकामा सम्पन्न भएको छ। सो अवसरमा सीएमजीका महानिर्देशक शन हाइस्युङले भिडियोमार्फत सम्बोधन गर्नुभएको छ। कार्यक्रममा चीन र अफ्रिका राजनीतिक र व्यापारिक क्षेत्र, थिंक ट्याङ्क र सञ्चारमाध्यमका प्रतिनिधिलगायत झन्डै १२० अतिथिहरू कार्यक्रममा उपस्थित भएका थिए।

शन हाइस्युङले विश्वको ध्यानाकर्षण भएको चिनियाँ कम्युनिष्ट पार्टी २० औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक पैचिङमा सफलतापूर्वक सम्पन्न भएको भन्दै नयाँ युगमा चीनको कोसेढुङ्गा रहेको विचार व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो नयाँ युगमा चीनको सुधारको व्यापक गहिराइ नै चिनियाँ शैलीको आधुनिकीकरणका रूपमा राष्ट्रिय पुनरुत्थानलाई व्यापक रूपमा प्रवर्द्धन गर्ने र बलियो देश निर्माण गर्ने एक महत्वपूर्ण विषय हो। यसले मानवजातिलाई आधुनिकीकरण र राम्रो सामाजिक प्रणालीको मार्ग खोज्ने भन्दै विश्वभरका देशको विकासमा नयाँ अवसरहरू प्रदान गर्न सहयोग गर्ने बताउनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn