नेपाली

चीनले शान्ति स्थापनाको लागि दृढ समर्थन गर्दै - संयुक्त राष्ट्र संघका सदस्य

CRIPublished: 2024-07-25 15:05:19
Share
Share this with Close
Messenger Pinterest LinkedIn

स्थानीय समय जुलाई २३ तारिख, चीनका लागि संयुक्त राष्ट्र संघका स्थायी प्रतिनिधि समूहले चिनियाँ जनमुक्ति सेना स्थापनाको ९७औँ वार्षिकोत्सव समारोहको आयोजना गरेको छ। अधिकांश राष्ट्रसंघीय प्रतिनिधिहरू समारोहमा सहभागी भए। अतिथिहरूले चिनियाँ जनमुत्ति सेनाले संयुक्त राष्ट्र संघको शान्ति स्थापना कार्य र विश्वशान्तिका लागि महत्वपूर्ण बल प्रदान गर्नुका साथै सक्रिय भूमिका खेलेकोमा प्रशंसा गरेका थिए।

संयुक्त राष्ट्र संघमा शान्ति स्थापना हुने मामिलाको लागि उपमहासचिव लाक्रोइआले चिनियाँ सेनाले निरन्तर रुपमा राष्ट्रसंघको शान्ति स्थापना कार्यमा दृढ समर्थन दिँदै जाने र खासगरी हाल शान्ति स्थापनामा चुनौती बढिरहेको सन्दर्भमा चिनियाँ शान्ति सेनाले अझ उच्च व्यावसायिकता र भक्ति भावना कायम राख्दै आएको बताउनुभयो। भविष्यमा संयुक्त रूपमा शान्ति स्थापना कार्यहरू अघि बढाउन र क्षेत्रीय तथा विश्वमा दिगो शान्तिका लागि चीन र संयुक्त राष्ट्र संघले निरन्तरताका साथ नजीक रहेर सहकार्य गर्ने इच्छा छ।

Share this story on

Messenger Pinterest LinkedIn