नेपाली

तिङ सुए सियाङद्वारा चीन-रुस द्विपक्षीय प्रणाली सम्मेलनको अध्यक्षता

criPublished: 2024-07-25 14:24:53
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जुलाई २१ देखि २३ तारिखसम्म चीनका उप प्रधानमन्त्री तिङ सुए सियाङले रुसको भ्रमण गर्नुभएको छ। उहाँले रुसका प्रथम उप प्रधानमन्त्री डेनिस मान्टुरोभसँग चीन-रुस लगानी सहयोग समितिको ११औं सम्मेलनको अध्यक्षता गर्नुभएको छ। उप प्रधानमन्त्री तिङले रुसका उप प्रधानमन्त्री एलेक्जेन्डर नोभाकसँग चीन-रुस ऊर्जा स्रोत सहयोग समितिको २१औं सम्मेलनको अध्यक्षता गर्नुका साथै छैठौं चीन-रूस ऊर्जा स्रोत वाणिज्य मञ्चको उद्घाटन समारोहमा भाग लिनुभएको छ। सो अवसरमा उहाँले राष्ट्राध्यक्ष सी चिनफिङको बधाई सन्देश पढ्नुका साथैं सम्बोधन गर्नुभयो।

तिङले चीनले रुससँग मिलेर दुई मुलुकका राष्ट्रनायकबीचको महत्वपूर्ण सहमतिलाई निष्ठापूर्वक व्यवहारमा उतार्ने, दुई मुलुकबीचको लगानी र ऊर्जा स्रोत सहयोग स्तरलाई निरन्तर रुपमा माथि उकास्ने कुरा बताउनुभयो।

रुसले रुस-चीन सम्बन्धको विकास स्तर र व्यवहारिक सहयोग उपलब्धिको उच्च मूल्यांकन गरेको छ। रुसले चीनसँग लगानी र ऊर्जा सहयोग प्रणालीको भूमिका निर्वाह गर्ने, अझै गहिरो स्तर र अझै फराकिलो क्षेत्रमा सहयोग गर्ने कुरा बतायो।

छैठौं चीन-रूस ऊर्जा स्रोत वाणिज्य मञ्चको उद्घाटन समारोहमा तिङले चीन र रुसले ऊर्जा स्रोत र व्यापारको सहयोगको राम्रो प्रवृत्तिलाई सुदृढ पार्ने, ठूला परियोजना निर्माणलाई अगाडि बढाउने कुरा बताउनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn