नेपाली

आणविक हतियार मुलुकहरूले “पारस्परिक रुपमा सर्वप्रथम आणविक हतियारको प्रयोग नगर्ने” चीनको प्रस्ताव

criPublished: 2024-07-24 10:45:35
Share
Share this with Close
Messenger Pinterest LinkedIn

स्थानीय समयअनुसार जुलाई २३ तारिख चिनियाँ प्रतिनिधि सुन श्याउपोले स्वीट्जर्ल्याण्डको जेनेभामा “आणविक हतियारको अप्रसार सन्धि”को एघारौं लेखाजोखा सम्मेलनको दोस्रो तयारी बैठकको सामान्य बहसमा सम्बोधन गर्नुभएको छ।

उहाँले रणनीतिक जोखिम कम गर्नका लागि चीनले आणविक हतियार भएका पाँच वटा मुलुकले “पारस्परिक रुपमा सर्वप्रथम आणविक हतियारको प्रयोग नगर्ने” विषयबारे छलफल गर्ने र सम्झौताबारे सहमति प्राप्त गर्ने प्रस्ताव गरेको र चीनले यसबारे सन्धिको मस्यौदा प्रस्ताव प्रस्तुत गरिसकेको कुरा बताउनुभयो।

सुनले चीनले आणविक हतियारको चौतर्फी रुपमा निषेध गर्ने र पूर्ण रुपमा नष्ट गर्ने अडान राखिरहेको, जुनसुकै बेला र अवस्थामा पहिला आणविक हतियार प्रयोग नगर्ने र आणविक हतियार नभएका मुलुक तथा क्षेत्रमाथि शर्तविहीन रुपमा प्रयोग नगर्ने प्रतिबद्धता गरेको कुरा बताउनुभयो। उहाँका अनुसार, चीनले आफ्नो आणविक शक्तिलाई राष्ट्रिय सुरक्षाको आवश्यकताको न्यूनतम स्तरमा राखेको, कुनै पनि मुलुकसँग हतियारको होडबाजी गर्ने छैन।

Share this story on

Messenger Pinterest LinkedIn