नेपाली

ह्वाङ येन टापुको समुद्री पर्यावरणीय वातावरण अवस्थाको मुल्याङ्कन प्रतिवेदन सार्वजनिक

CRIPublished: 2024-07-10 14:37:29
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जुलाई १० तारिख “ह्वाङ येन टापुको समुद्री पर्यावरणीय वातावरण अवस्थाको जाँचबुझ मुल्याङ्कन प्रतिवेदन” सार्वजनिक गरिएको छ। पर्यावरणीय वातावरण विभागले पत्रकार सम्मेलनको आयोजना गर्दै सम्बद्ध अवस्थाबारे जानकारी दिएको छ। यो ह्वाङ येन टापुको समुद्री पर्यावरणीय वातावरणका लागि पहिलो सम्पूर्ण जाँबुझ रहेको छ। जाँचबुझको नतिजाबाट के प्रमाणित भएको भने ह्वाङ येन टापुको समुद्री वातावरणको गुणस्तर उत्कृष्ट रहेको छ र कोरल रीफको पर्यावरणीय प्रणाली स्वस्थ रहेको देखिन्छ।

गत मेदेखि जुन महिनासम्म पर्यावरणीय वातावरण विभाग अन्तर्गत दक्षिणी स्टेशन, समुद्र केन्द्र र चुच्याङ दक्षिण चीन सागरको अनुगमन वैज्ञानिक अनुसन्धान केन्द्र लगायतका ३ वटा एकाईले सँगै मिलेर तत्स्थानमा हवाङ येन टापुको समुद्री पर्यावरणीय वातावरण अवस्थाको जाँचबुझ गरेको थियो। यसबाहेक यी ३ वटा एकाईले क्वाङ सी विश्वविद्यालय र चिनियाँ विज्ञान प्रतिष्ठान अन्तर्गत दक्षिण चीन सागर अनुसन्धान विभागका दुईवटा महत्वपूर्ण प्रयोगशालाको सहयोगमा बितेका केही वर्षयता ह्वाङ येन टापु समुद्री क्षेत्रको सम्बद्ध वैज्ञानिक जाँचबुझ र अनुसन्धान नतिजाको विस्तृत रूपमा विश्लेषण गरेपछि समष्टिगत रूपमा त्यसको मुल्याङ्कन गरेको हो।

Share this story on

Messenger Pinterest LinkedIn