नेपाली

इजरायली सेनाद्वारा लगातार गाजा क्षेत्रका विविध ठाउँमाथि आक्रमण

CRIPublished: 2024-07-09 15:06:46
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जुलाई ८ बेलुकीदेखि ९ तारिख बिहानसम्म इजरायली सेनाले लगातार रूपमा गाजा क्षेत्रका विविध ठाउँमाथि आक्रमण गरेको छ। यसका अतिरिक्त प्यालेष्टाइनका केही सशस्त्र संगठनहरूले पनि निरन्तर रूपमा इजरायली सेनामाथि लक्षित आक्रमण गरेका छन्।

धेरै प्यालेष्टाइनी सञ्चार माध्यमले जनाए अनुसार, ८ तारिख मध्यरातदेखि ९ तारिख सबेरैसम्म गाजा क्षेत्रको उत्तरी भागमा अवस्थित गाजा शहरमाथि फेरि इजरायली सेनाले हवाई आक्रमण गरेको छ भने इजरायली सेनाले गाजा क्षेत्रको मध्य भागमा रहेका डेइल अल बालाह र नुसेइराट आदि ठाउँमाथि हवाई आक्रमण गर्दै जनतामाथि हताहतको अवस्था सिर्जना गरेको छ।

९ तारिख सबेरै इजरायली सेनाले एउटा वक्तव्य जारी गर्दै नुसेइराटस्थित एउटा स्कुलमा लुकेरबसेका प्यालेष्टाइनी सशस्त्र व्यक्तिहरूमाथि हवाई आक्रमण गरेको जनाएको छ।

Share this story on

Messenger Pinterest LinkedIn