नेपाली

चीन-सर्बिया संयुक्त वक्तव्य

CRIPublished: 2024-05-09 00:43:56
Share
Share this with Close
Messenger Pinterest LinkedIn

गणतन्त्र सर्बियाका राष्ट्रपति अलेक्जान्डर भुचिचको निमन्त्रणामा जन गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मे ७ देखि ८ तारिखसम्म सर्बियाको राजकीय भ्रमण गर्नुभएको छ।

भ्रमण अवधिमा दुवै देशका राष्ट्रनायकले चीन-सर्बिया सम्बन्ध, दुई देशको चौतर्फी सहकार्य, संयुक्त बेल्ट एण्ड रोडको निर्माण, चीन-मध्य पूर्वी युरोपेली मुलुक सहकार्य, चीन-युरोप सम्बन्ध र साझा चासोका अन्तर्राष्ट्रिय र क्षेत्रीय विषयहरूबारे गहन रूपमा वैचारिक आदानप्रदान गरी विस्तृत मतैक्य प्राप्त गर्नुभएको छ।

दुवै पक्षले विशेषत: संयुक्त वक्तव्य जारी गरेका छन्: दुवै पक्षले स्वतन्त्र, एकले अर्काको सम्मान गर्ने, आपसी विश्वास सहित, सहकार्य र साझा जीत, संयुक्त विकास तथा एकले अर्कालाई समर्थन गर्ने सिद्धान्तलाई कायम राख्दै चीन-सर्बिया सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धलाई गहन पारी त्यसलाई उकास्दै जानेछन्।

साथै दुवै पक्षले नयाँ युगमा चीन-सर्बिया भाग्य एकरूपताको स्थापना गर्दै दुवै देशका जनताका लागि हितकल्याणको सिर्जना गरी मानवजातिको शान्ति र प्रगति कार्यका लागि नयाँ योगदान गर्दै जानेछन्।

Share this story on

Messenger Pinterest LinkedIn