नेपाली

सर्बियाका राष्ट्रपति भुचिचले आयोजना गर्नुभएको स्वागत भोजमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ उपस्थित

criPublished: 2024-05-08 22:36:50
Share
Share this with Close
Messenger Pinterest LinkedIn

स्थानीय समयअनुसार मे ८ तारिख मध्यान्ह चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र उहाँकी श्रीमती फङ लीयुआन सर्बियाका राष्ट्रपति अलेक्जान्डर भुचिच र उहाँकी श्रीमतीले बेल्ग्रेडस्थित सर्बिया प्लाजामा आयोजना गर्नुभएको स्वागत भोजमा सरिक हुनुभएको छ।

सी चिनफिङले राष्ट्रपति भुचिचको नेतृत्वमा सर्बिया सरकार र जनताले आर्थिक तथा सामाजिक निर्माण र जनताको जीवन सुधारआदि क्षेत्रहरूमा ठूलो उपलब्धि हासिल गरेको कुरा बताउनुभयो। हालैका वर्षहरूयता चीन र सर्बियाबीच “बेल्ट एण्ड रोड”को उच्च गुणस्तरीय साझा निर्माणको शक्ति बलियो भएको बताउँदै सीले हासिल भएको उपलब्धि पनि प्रचूर भएको कुरामा जोड दिनुभयो।

सीले आफूले राष्ट्रपति भुचिचसँग चौतर्फी र गहन भेटवार्ता गरेको र दुई पक्षको भेटवार्ताले महत्वपूर्ण सहमति हासिल गरेको कुरा बताउनुभयो। आज चीन र सर्बियाको सम्बन्ध नयाँ आरम्भमा उभिँदै आएको र चीनले सर्बियाका जनतासँग मिलेर नयाँ युगमा चीन र सर्बियाको भाग्य समुदायको निर्माणका लागि सक्दो प्रयास गर्ने आशा लिएको कुरामा जोड दिनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn