नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा बेल्ग्रेडमा लिखित सम्बोधन

CRIPublished: 2024-05-08 05:26:55
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ सर्बियाको बेल्ग्रेडमा पुगेर विमानस्थलमा लिखित सम्बोधन गर्नुभएको छ।

उहाँले चीन सरकार र जनताको प्रतिनिधित्व गरेर मैत्रीपूर्ण सर्बियाली सरकार र जनतालाई हार्दिक अभिवादन गर्दै शुभकामना दिनु भएको छ।

सन् २०१६ मा दुई देशले चौतर्फी रणनीतिक साझेदारी सम्बन्ध स्थापना गरेदेखि द्वीपक्षीय सम्बन्धमा फड्को मारी विकास गरेर ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। दुई देशको राजनीतिक विश्वास ढुङ्गाजस्तै दृढ छ। साझा रूपमा “बेल्ट एण्ड रोड”को उच्च गुणस्तरीय निर्माणमा उपलब्धि फलदायी छ।

नयाँ ऐतिहासिक सुरूवातमा चीनले सर्बियासँग अझ शक्तिशाली, व्यापक र उच्च गुणस्तरीय सहयोगको नयाँ अवस्थाको सिर्जना गर्ने इच्छा राखेको छ। उहाँले यो भ्रमणमार्फत् राष्ट्रपति भुचिचसँग द्वीपक्षीय सम्बन्ध र अन्य साझा अभिरूचि विषयबारे गहन रूपमा वैचारिक आदानप्रदान गर्नुका साथै सम्बन्धको नयाँ योजना बनाउने प्रतीक्षा व्यक्त गर्नुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn