नेपाली

चीन र फ्रान्सबीच कृषि आदान-प्रदान र सहकार्यसम्बन्धी संयुक्त वक्तव्य

criPublished: 2024-05-07 16:03:06
Share
Share this with Close
Messenger Pinterest LinkedIn

१, दुवै देशका नेताले आ-आफ्नो देश र द्विपक्षीय सम्बन्धमा कृषिले महत्वपूर्ण भूमिका खेलेको कुरा दोहोर्‍याउनुभयो।

२, चीन र फ्रान्सले कृषि क्षेत्रको सहकार्यलाई अझ गहन बनाउन संयुक्तरूपमा प्रयास गर्ने छ।

३, दुवै पक्षले युवा कृषि प्रतिभा र कृषि व्यवसायको ढाँचा लगायतका अरू पक्षहरूको आदान-प्रदानलाई सबल बनाउने छ।

४, दुवै पक्षले अंगूर खेती र वाइन उत्पादन उद्योगमा सहयोग र सहकार्यको सुदृढीकरण सम्बन्धी प्रशासनिक सम्झौतामा हस्ताक्षर गर्न स्वागत व्यक्त गरेको छ।

५, चीन र फ्रान्सले कृषि र खाद्य सहकार्यलाई थप सुदृढ बनाउन इच्छा व्यक्त गरेको छ।

६, भेटेरिनरी क्षेत्र र आयातित खाद्यपदार्थको पर्यवेक्षणमा पनि द्विपक्षीय सहयोग विस्तार गरिनेछ।

७, दुवै पक्षले कृषि र कृषि खाद्य क्षेत्रको आदान-प्रदान र सहयोगलाई समृद्ध बनाउन नयाँ उपाय खोज्ने इच्छा व्यक्त गरेको छ।

Share this story on

Messenger Pinterest LinkedIn