नेपाली

चीन र अमेरिकाबीच पाँच बुँदे सहमति

criPublished: 2024-04-27 17:05:05
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अप्रिल २६ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य एवं परराष्ट्र मन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच व्यापक वैचारिक आदान-प्रदानको आधारमा पाँच बुँदे सहमति भएको छ।

पहिलो, दुवै पक्षले दुई देशका नेताहरूको नेतृत्वमा चीन-अमेरिका सम्बन्धलाई स्थिर र विकास दिनेबारेमा सहमति।

दोस्रो, दुवै पक्षले सबै तहमा उच्चस्तरीय आदान-प्रदान र सम्पर्कलाई कायम राख्ने सहमति।

तेस्रो, दुवै पक्षले कृत्रिम बुद्धिमत्तासम्बन्धी चीन-अमेरिका अन्तरसरकारी वार्ताको पहिलो बैठकको आयोजना गर्ने।

चौथो, दुवै पक्षले दुई देशबीच जनता-जनता र सांस्कृतिक आदान-प्रदान विस्तार गर्न उपाय अवलम्बन गर्ने।

पाँचौं, दुई पक्षले अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूमा परामर्श जारी राख्ने र दुवै पक्षका विशेष दूतहरूबीचको सम्पर्कलाई बलियो बनाउने।

Share this story on

Messenger Pinterest LinkedIn