नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङ तथा अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कनबीच भेट वार्ता

criPublished: 2024-04-26 17:30:50
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले २६ तारिख अपराह्न जन बृहत् सभा भवनमा अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कनसँग भेट वार्ता गर्नुभएको छ।

भेटका क्रममा राष्ट्राध्यक्ष सीले अमेरिकाले सकारात्मक रूपमा चीनको विकासलाई हेर्नसक्ने आशा व्यक्त गर्नुभयो। उहाँ भन्नुहुन्छ: यस मूलभूत समस्याको समाधान गरिएपछि मात्रै चीन-अमेरिका सम्बन्ध साँच्चि नै स्थिर र राम्रो रूपमा अगाडितिर विकसित हुँदैजान सक्नेछ।

राष्ट्राध्यक्ष सीका अनुसार, बितेका केही महिनायता दुवै पक्षका सम्बद्ध विभागले दुई राष्ट्रनायक बीचको मतैक्यलाई व्यवहारमा उतार्दै विभिन्न क्षेत्रमा आपसी सम्पर्कलाई कायम राखी केही सकारात्मक प्रगति प्राप्त गरेका छन्। तैपनि अझ बढी समाधान गरिने समस्याहरु बाँकी छ। त्यसो हुनाले अझ प्रयास गर्नसकिने परिधि पनि छ।

Share this story on

Messenger Pinterest LinkedIn