नेपाली

चिनियाँ भाषा दिवस तथा सिएमजी चौथो विदेशी भिडियो दिवसका अवसरमा संयुक्त राष्ट्रिय संघमा विशेष समारोह

CRIPublished: 2024-04-24 15:24:45
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अप्रिल २३ तारिख, चाइना मिडिम ग्रुप, संयसक्त राष्ट्र संघको जेनेभास्थित संयुक्त राष्ट्र संघको कार्यालय र जेनेभास्थित संयुक्त राष्ट्र संघको चिनियाँ स्थायी कार्यालय तथा स्विजरल्याण्डका अरू अन्तर्राष्ट्रिय प्रतिनिधि संघहरूले संयुक्त रूपमा जेनेभास्थित संयुक्त राष्ट्र संघको कार्यालयमा संयुक्त राष्ट्रिय संघ चिनियाँ भाषा दिवस तथा सिएमजी चौथो विदेशी भिडियो दिवस आयोजना गरेका छन्। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति प्रसार विभागका उपनिर्देशक तथा सिएमजीका निर्देशक शन् हाइ श्योङले भिडियोमार्फत उक्त समारोहलाई सम्बोधन गर्नुभएको छ। जेनेभास्थित संयुक्त राष्ट्र संघ कार्यालयका लागि निर्देशक टाटियना वारोवाया, जेनेभास्थित संयुक्त राष्ट्र संघको कार्यालयका लागि चीनका स्थायी प्रतिनिधि छेन सूले सो समारोहमा सहभागी हुँदै सम्बोधन पनि गर्नुभएको छ। बेल्जियम, जर्मनी, नेदरल्यान्ड, ब्राजिल, इराक लगायत ५० भन्दा बढी देशहरूका जेनेभास्थित संयुक्त राष्ट्र संघ कार्यालयका लागि स्थायी प्रतिनिधिहरू, अन्तर्राष्ट्रिय संघका अधिकारीहरू लगायत ३०० जना भन्दा बढी अतिथिहरू सो समारोहमा सहभागी हुनुभएको छ।

सो समारोहद्वारा धेरै भन्दा धेरै विदेशी युवाहरू चीनमा पुगेर जिवन्त र विस्तृत नयाँ युगको चीनलाई जान्न सक्ने इच्छा लिन्छन् भन्दै शन् हाइ श्योङले आफ्नो भिडियो सम्बोधनमा बताउनु भएको छ।

छेन् सूले संस्कृतिमार्फत आपसी समझदारी बढाएर मानव जातिको साझा भविष्य भएको समुदाय निर्माणमा युवाको बुद्धि निरम्तरताका साथ योगदान गरिरहनका लागि धेरै भन्दा धेरै मानिसहरूले लामो इतिहास र सबै देशहरू पार गरिसकेको चिनियाँ संस्कृतिको आकर्षण महसुस गर्ने विचार व्यक्त गर्नुभयो।

123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn