नेपाली

वाङ यी र ग्याबोनका विदेश मन्त्रीबीच बधाई सन्देश आदानप्रदान

CRIPublished: 2024-04-20 16:32:30
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अप्रिल २० तारिख चीनका परराष्ट्र मन्त्री वाङ यीले ग्याबोनसँग चीनको दौत्य सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सवका अवसरमा त्यहाँका विदेश मन्त्री ओनान्गालाई बधाई सन्देश पठाउनु भएको छ।

वाङ यीले चीन र ग्याबोन असल मित्र र असल साझेदार हुन् भन्दै दौत्य सम्बन्ध स्थापना भएको ५० वर्षयता दुई मुलुकले पारस्परिक रुपमा सम्मान र विश्वास गरेका, दुई मुलुकको विभिन्न क्षेत्रको आदान-प्रदान र सहयोगले स्पष्ट प्रगति हासिल गरेको उल्लेख गर्नु भएको छ। उहाँले दुई मुलकका जनताको मित्रता निरन्तर रुपमा सबल भएको पनि बताउनुभएको छ। उहाँले ओनान्गासँग दुई मुलुकको चौतर्फी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई निरन्तर रुपमा विकास गर्न अगाडि बढाउने आशा पनि व्यक्त गर्नुभयो।

ग्याबोनले आफ्नो बधाई सन्देशमा चीनसँग चौतर्फी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई निरन्तर रुपमा सबल पार्ने आशा लिएको कुरा बताउनुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn