नेपाली

विश्व सुरक्षा पहलमा स्वागत

CRIPublished: 2024-04-19 17:11:36
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अप्रिल १९ तारिख आयोजित चिनियाँ परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलनमा केही सम्वाददाताले चीनबाट प्रस्तुत विश्व सुरक्षा पहलबारे प्रश्न सोधेका छन्।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानको जवाफअनुसार, सन् २०२२ अप्रिलमा राष्ट्राध्यक्ष सी चिनफिङले विश्व सुरक्षा पहलको सिद्धान्त र कार्य पाठ्यक्रम प्रस्तुत गर्नुभएको थियो। २ वर्षयता चीनले मानव भाग्य समुदायको सिद्धान्त लिएर अन्तर्राष्ट्रिय जगतसँग विश्व सुरक्षा पहलको चौतर्फी रूपमा कार्यन्वयन गरेर अनेकन सकारात्मक उपलब्धि हासिल गरेको छ। यो पहलले एकता तथा सहकार्यमार्फत् साझा सुरक्षा खोज्ने अन्तर्राष्ट्रिय सहमति निर्माण गरेको छ। हालसम्म उक्त पहलले एक सयभन्दा बढी मुलुक र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संगठनबाट समर्थन र प्रशंसा पाएको छ। चीन र अय देश, अन्तर्राष्ट्रिय संगठनको सहयोगसम्बन्धी धरै द्वीपक्षीय दस्तावेजमा उक्त पहल समेटिएको छ। पहलको प्रारूपमा सम्बन्धित सहयोग स्थिरताका साथ बढाइएको छ।

शान्ति र विकास माया गर्ने अन्तर्राष्ट्रिय जगतका सबै सदस्यलाई उक्त पहलमा भाग लिएर दीर्घकालीन र सार्वजनिक सुरक्षा भएको सुन्दर विश्वको निर्माण गर्न चीनले स्वागत गरेको प्रवक्ता लिन च्यानले व्यक्त गर्नुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn