नेपाली

तथाकथित " चीनको अति क्षमताबाट विश्व बजारलाई असर पारेको " एक गलत भाष्य सिर्जना गरिएको चिनियाँ परराष्ट्र मन्त्रालयको भनाइ

CRIPublished: 2024-04-17 19:25:42
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हालै अमेरिका र युरोपेली सड्घले चीनमा निर्मित विद्युतीय सवारी साधन र सोलार प्यानललाई तथाकथित 'ओभरक्यापासिटी' को आरोप लगाएर त्यसप्रति कदम चाल्ने जनाएका छन्। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले अप्रिल १७ तारिखमा यसको जवाफ दिँदै भन्नुभयोः तथाकथित " चीनको अति क्षमताले विश्व बजारमा असर पारेको" भन्ने एक गलत भाव्य हो। "अति क्षमता" को आधारमा व्यापार संरक्षण उपायहरू लिनुले आफूलाई राम्रो बनाउने छैन र केवल उत्पादन र आपूर्ति शृङ्खलाको स्थिरता र सहजतालाई नष्ट गर्नेछ। अनि विश्वव्यापी अर्थव्यवस्थाको हरित रूपान्तरण र उदीयमान उद्योगको विकासलाई तल झार्नेछ।

सोही दिन आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लिन च्यानले पुष्टि गर्दै भन्नुभयोः उत्पादन क्षमताको विषयलाई बजारमूलक अर्थतन्त्रको सिद्धान्तअनुसार हेर्नुपर्छ र आर्थिक विश्वव्यापीकरणको पृष्ठभूमिमा राखेर श्रमको विश्वव्यापी विभाजन र अन्तर्राष्ट्रिय बजारको सन्दर्भमा विश्लेषण गर्नुपर्छ।

यसबारे चर्चा गर्दै उहाँले अगाडि भन्नुभयोः चीनको नयाँ ऊर्जा उद्योगका श्रेष्ठताहरू वास्तविक सीपहरूद्वारा प्राप्त गरिएको हो र सरकारी अनुदानहरूभन्दा पूर्ण बजार प्रतिस्पर्धाद्वारा आकार दिइएको हो। चीनको नयाँ ऊर्जा उद्योगद्वारा प्रदान गरिएको उच्च गुणस्तरको उत्पादन क्षमताले विश्वव्यापी हरित विकासमा महत्त्वपूर्ण योगदान गर्नेछ।

Share this story on

Messenger Pinterest LinkedIn