नेपाली

चीनको अर्थतन्त्रको विभिन्न सूचकाङ्क निरन्तर रुपमा सुधार हुँदै

CRIPublished: 2024-04-17 16:38:56
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन चियानले अप्रिल १७ तारिख नियमित पत्रकार सम्मेलनमा चालु वर्षको पहिलो त्रैमासिक अवधिमा राष्ट्रिय अर्थतन्त्र सञ्चालन भएको मुख्य तथ्याङ्कबारे चर्चा गर्दै चीनको अर्थतन्त्रको विभिन्न सूचकाङ्क निरन्तर रुपमा सुधार हुँदै गएको बताउनुभएको छ।

प्रवक्ता लिन चियानले हाल चीनप्रति अन्तर्राष्ट्रिय समाज आशावादी भएको आवाजमा बृद्धि भएको, एशियाली विकास बैँक, गोल्डमान, मोर्गन स्टेनलीलगायतका अन्तर्राष्ट्रिय बित्तीय सँस्थानहरूले पनि चालु वर्षमा चीनको अर्थतन्त्रको बृद्धि गतिको पूर्वानुमानलाई उकासेका कुरा बताउनुभयो। लिन चियानका अनुसार, एशियाली विकास बैँकले सार्वजनिक गरेको “एशियाली विकास आउटलुक प्रतिवेदन २०२४” का अनुसार, सन् २०२४ देखि सन् २०२५ सम्म चीनले एशियाली विकासोन्मुख मुलुकहरूको आर्थिक बृद्धिको ४६ प्रतिशतको योगदान दिनेछ। चीनले विभिन्न मुलुकसँग आर्थिक सहयोग गर्ने, विश्वको आर्थिक पुनरुत्थान र विकासलाई सँयुक्त रुपमा अगाडि बढाउने छ।

Share this story on

Messenger Pinterest LinkedIn