नेपाली

चीन-अमेरिका आर्थिक कार्यदलको चौथो बैठकको आयोजना

CRIPublished: 2024-04-17 14:47:23
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनका उप-वित्त मन्त्री ल्याउ मिन १६ तारिख अमेरिकाको वाशिङटनमा आयोजित विश्व बैँक तथा अन्तर्राष्ट्रिय मुद्रा कोष संगठनको वसन्तकालीन सम्मेलनमा सहभागी हुनुभएको छ। त्यस अवसरमा उहाँले अमेरिकी उप-वित्त मन्त्री जेई शाङबोसँग संयुक्त रूपमा चीन-अमेरिका आर्थिक कार्यदलको चौथो बैठकको अध्यक्षता गर्नुभएको छ।

उक्त बैठकमा दुवै पक्षले चीन-अमेरिका आर्थिक कार्यदलका निर्देशक बीच सम्पन्न महत्वपूर्ण मतैक्यलाई व्यवहारमा उतार्ने प्रारूप बमोजिम पुरै विश्व र चीन-अमेरिका समष्टिगत आर्थिक परिस्थिति, सन्तुलित वृद्धि र आगामी चरणको सम्पर्क कार्य लगायतका विषयहरूबारे गहन, वास्तविक र रचनात्मक रूपमा विचार-विमर्श गरेका छन्। अमेरिकाले चीनमाथि लगाएको आर्थिक-व्यापारिक प्रतिबन्धप्रति चीनले ध्यान दिनुका साथै उत्पादन क्षमता भन्ने विषयबारे स्पष्ट रूपमा प्रतिकृया जनाएको छ। अन्त्यमा, दुवै पक्षले निरन्तर रूपमा आपसी सम्पर्क र आदानप्रदानलाई कायम राख्दैजान सहमति जनाएका छन्।

उक्त बैठक सम्पन्न भएपछि अमेरिकी वित्त मन्त्री ज्यानेट एल.येलेनले चिनियाँ प्रतिनिधि मण्डलसँग पनि भेटघाट गर्नुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn