नेपाली

विश्व आर्थिक विकास मन्द गतिले हुने - राष्ट्र संघीय व्यापार विकास संगठनको प्रतिवेदन

criPublished: 2024-04-17 10:28:29
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जेनेभामा अवस्थित संयुक्त राष्ट्र संघीय व्यापार विकास संगठनको मुख्यालयले अप्रिल १६ तारिख एउटा प्रतिवेदन सार्वजनिक गर्दै लगानीको संख्या घटेको तथा विश्व व्यापार ह्रास अवस्थामा रहेकाले सन् २०२४ मा विश्व आर्थिक विकास मन्द गतिले मात्रै बढ्ने अनुमान गरेको छ।

सो प्रतिवेदनका अनुसार, व्यापारिक ढंगमा आएको परिवर्तन, ऋणमा वृद्धि, भूराजनीतिक तनाव तथा संरक्षणवाद बढ्दैगएको पृष्ठभूमिमा अन्तर्राष्ट्रिय नीतिको समन्वय तथा अन्तर्राष्ट्रिय वाणिज्य तथा व्यापार सहयोग नै विश्व अर्थतन्त्रको संरक्षण गर्ने निर्णायक कुरा हो।

संयुक्त राष्ट्र संघीय व्यापार विकास संगठनले समन्वयात्मक बहुपक्षीय कार्यकलाप तथा सन्तुलित नीति अपनाउन आह्वान गरेको छ, जसबाट वित्तको निरन्तरता, रोजगारी तथा आम्दानी बढाउन सकियोस्।

Share this story on

Messenger Pinterest LinkedIn