नेपाली

“छ्यौ श” पत्रिकाद्वारा सी चिनफिङको “साँस्कृतिक सम्पदाको सँरक्षण र निरन्तरता” शीर्षकको लेख प्रकाशित

CRIPublished: 2024-04-15 16:08:16
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अप्रिल १६ तारिख प्रकाशित हुने “छ्यौ श” पत्रिकाको आठौँ अङ्कमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङको “साँस्कृतिक सम्पदाको सँरक्षण र निरन्तरता बढाउने, चिनियाँ उत्कृष्ट परम्परागत सँस्कृतिको प्रचार-प्रसार” शीर्षकमा लेख प्रकाशित हुँदैछ। यो सन् २०१३ अगष्ट महिनादेखि सन् २०२३ सेप्टेम्बर महिनासम्म महासचिव सी चिनफिङको महत्वपूर्ण भनाइका केही भागहरू हुन्।

उक्त लेखका अनुसार, चिनियाँ राष्ट्रको सभ्यताको दीर्घकालीन इतिहास छ र यो निरन्तर अगाडि बढीरहेको छ। साँस्कृतिक अवशेष र साँस्कृतिक सम्पदा चिनियाँ राष्ट्रको जीन र रगत हो र पुनःउत्पादन गर्न नसकिने र मेट्न नसकिने साँस्कृतिक स्रोत साधान हुन्। साँस्कृतिक अवशेष र साँस्कृतिक सम्पदा हाम्रो पुस्ताका लागि मात्र होइन र भावी पुस्ताका पनि हुन्।

उक्त लेखमा जनाइए अनुसार, विश्व प्रशस्त सभ्यताबाट गठित भएको छ। चीन विश्वमा सबैभन्दा पवित्र इतिहास र सँस्कृति रहेको मुलुकहरूमध्येको एक हो। चिनियाँ राष्ट्रको सभ्यताले फरक सभ्यताबीचको पारस्परिक सम्झदारी र सम्मानताको प्रशँसा गरिरहेको छ। विश्वको विभिन्न क्षेत्रले साँस्कृतिक आदान-प्रदान बढाउनुपर्ने, सँस्कृतिको समृद्धि र विकास, साँस्कृतिक सम्पदाको सँरक्षण, साँस्कृतिक आदान-प्रदानलाई अगाडि बढाउनुपर्ने, विश्व सभ्यता प्रस्तावलाई पालना गर्नुपर्ने, मानव भाग्य समुदायको सिर्जना गर्नका लागि दीर्घकालीन साँस्कृतिक शक्ति थपिदिनुपर्ने छ।

Share this story on

Messenger Pinterest LinkedIn